समाचार
बेरोजगार सूचीकरण खुलेको सम्बन्धमा ।
बिर्तामोड नगरपालिकाभित्र स्थायी बसोबास गर्ने १८ देखि ५९ वर्ष सम्मका बेरोजगार व्यक्तिहरूलाई बेरोजगार सूचीकरणका लागि आफ्नो वडा कार्यालयमा गई तोकिएको फाराम भरी दर्ता गर्न अनुरोध गरिन्छ । फारम भर्ने कार्य वडा कार्यालय एवम् विर्तामोड नगरपालिका, रोजगार सेवा केन्द्रबाट गर्न सकिनेछ । फारम भर्ने अन्तिम म्याद २०८२ चैत्र मसान्त सम्म रहनेछ । फारम भर्न जादा १ प्रति पासपोर्ट साइज फोटो र आफुसहित आफ्नो परिवारका सदस्यहरुको नागरीकताको प्रतिलिपि पनि अनिवार्य रहेको जानकारी गराइन्छ ।